काठमाडौंका ३४२ वटा बोर्डिङ बन्द गर्ने महानगरको चेतावनी (सूची सहित)
काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई छात्रवृत्ति नदिने ३४२ वटा संस्थागत विद्यालयको अनुमति रद्द हुन सक्ने जनाएको छ।
काठमाडौं महानगरपालिका शिक्षा ऐन र शिक्षा व्यवस्थापन नियमावली अनुसार छात्रवृत्ति नदिने विद्यालयहरूको सूची सार्वजनिक गर्दै कारबाहीको चेतावनी दिएको हो।
जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरेर विवरण पेश नगरे अनुमति वा स्वीकृति रद्द र प्रचलित कानून अनुसार अन्य कारबाही समेत गर्न सकिने जनाएको छ।
महानगरले काठमाडौं प्रज्ञाकुञ्ज, ब्रिटिश गोरखा स्कूल, काठमाडौं गुरुकुल, हिमालयन ह्वाइट हाउस, ग्रामर स्कूल, पाठशाला, ज्ञानकुञ्ज, बर्नहार्ड, भद्रा घले शिक्षालय, कौटिल्य, साईपाल एकेडेमी लगायत ३४२ विद्यालयको नाम समेत सार्वजनिक गरेको छ।
