डेंगी रोक्न लामखुट्टे र लार्भा खोजेर नष्ट गरिने
सरकारले डेंगी रोग नियन्त्रण गर्न अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।
अर्थमन्त्री प्रकाशशरण महतले संघीय सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै डेंगी रोग नियन्त्रणका लागि लामखुट्टे र लार्भा खोजेर नष्ट गरिने बताए।
उनले मनसुनपूर्व, मनसुन अवधि र मनसुनपश्चात् डेंगी फैलिन नदिन डेंगी फैल्याउने लामखुट्टेका वासस्थान र लार्भा खोजेर नष्ट गरिने बताए। गत वर्ष काठमाडौं सहित देशका विभिन्न क्षेत्रमा डेंगी महामारी फैलिएको थियो।