जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन
जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन्।
संसदीय दलको नेता चयनका लागि गठित निर्वाचन समितिले सोमबार यादव निर्वाचित भएको घोषणा गरेको हो। संसदीय दलको विधान २०७७ को दफा १० (१) बमोजिम यादव सर्वसम्मत निर्वाचित भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।
यसअघि रामसहायप्रसाद यादव संसदीय दलको नेता थिए। उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त पद रिक्त थियो।