आज पनि मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना
स्थानीयसँगै पश्चिमी वायुको प्रभावले आज पनि देशका विभिन्न भागमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, अहिले देशभर स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ। जसले गर्दा सामान्यदेखि पूर्ण बदली रही देशका केहि स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ तथा हावाहुरी र असिना सहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ तथा हावाहुरी र असिना सहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको आकलन छ।