रामसहाय यादवले लिए उपराष्ट्रपतिको शपथ
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा यादवले उपराष्ट्रपतिको शपथ लिएका हुन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
यादव यही चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएका थिए।
समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्व राष्ट्रपति डा.रामवरण यादव, निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधव नेपाल र मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी लगायत सहभागी थिए।