पोखरामा जलेर दुई जना घाइते
पोखरा महानगरपालिका-१३ काहुँखोलाका दुई जना जलेर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार जलेर ४३ वर्षीय पुरुष र ३५ वर्षीया महिला घाइते भएका छन्। आइतबार बिहान जलेर घाइते भएको खबर पाएपछि दुवै जनालाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याइएको छ।
गम्भीर घाइते महिलाको आईसीयूमा राखेर उपचार भइरहेको छ। पुरुषको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
दुवैले आत्मदाहको प्रयास गरेको वा अरू नै केही भएको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।