पोखरा विमान दुर्घटनामा हराइरहेका यात्रुको खोजी जारी छ: नेपाली सेना
कास्कीको पोखरास्थित सेती खोंचमा यती एअरलाइन्सको विमान दुर्घटनामा परी हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ।
कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ मा दुर्घटनास्थलमा खोज तथा उद्धारमा खटिएको टोलीलाई फिर्ता गर्ने निर्णय गरेको थियो। दुर्घटनामा परेकामध्ये एक जनाको अवस्था अझै अज्ञात रहेकाले खोजीकार्य जारी रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए।
चालक दलका चार जना सदस्य र ६८ जना यात्रु बोकेर काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको विमान यही माघ १ गते पोखराको सेती नदीको खोंचमा खसेको थियो।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धारको क्रममा ७१ जनाको शव फेला पारेको थियो। अझै एक जनाको अवस्था अज्ञात रहेको छ।