काठमाडौंमा भूमिहीन सुकुम्बासीको प्रदर्शन
बसोबासको व्यवस्था गर्न माग गर्दै सुकुम्बासीले शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको अगुवाइमा भूमिहीन सुकुम्बासीले प्रर्दशन गरेका हुन्। उनीहरूले स्थायी बसोबासको व्यवस्था गर्न माग गरेका छन्।
माइतीघर मण्डलबाट शुरू भएको सुकुम्बासीको र्याली संघीय संसद् भवन रहेको नयाँ बानेश्वर पुगेको हो। उनीहरूले अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न, भूमिहीनलाई जग्गा उपलब्ध गराउन, काठमाडौंमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासीको हकअधिकार सुनिश्चित गर्न माग गरेका छन्।
उनीहरूले काठमाडौं महानगरपालिकासँगै संघीय सरकारलाई दबाब दिन प्रदर्शन गरेको जनाएका छन्। काठमाडौंबाट सुकुम्बासीलाई लखेट्न खोजेकाले सडकमा उत्रिनुपरेको मोर्चाले जनाएको छ।