प्रधानमन्त्री दाहाल र स्वास्थ्य मन्त्रीद्वारा अङ्गदान गर्ने घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गरेका छन्।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा शुक्रबार आयोजना गरेको प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्य मन्त्री गिरीले मृत्युपश्चात् आफ्ना अङ्गदान गर्ने घोषणा गरेका हुन्।
प्रधानमन्त्री दाहाललाई केन्द्रका निर्देशक डा. पुकारचन्द श्रेष्ठले दाता कार्ड हस्तान्तरण गरेका छन्। त्यस्तै, स्वास्थ्य मन्त्री गिरीलाई प्रधानमन्त्री दाहालले दाता कार्ड हस्तान्तरण गरेका थिए।