बारामा बस दुर्घटना: १२ को मृत्यु, ३६ जना घाइते
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ मा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ।
चितवनको नारायणगढबाट वीरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६०० ख ०२१० नम्बरको बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो। दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए।
दुर्घटनास्थलमा १० तथा दुई जनाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो। घाइतेको हेटौंडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेकोे छ। गम्भीर घाइतेलाई थप उपचारका लागि चितवन लगिएको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ। मृतकको सनाखत हुन बाँकी छ। -रासस