राष्ट्रपति भण्डारीद्वारा टीका ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट टीका ग्रहण गरेकी छन्।
उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइत अनुसार ११:५१ बजे टीका ग्रहण गरेकी हुन्। राष्ट्रपतिले आफूले टीका लगाएपछि परिवारका सदस्यलाई पनि टीका लगाइदिएकी छन्।
राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार‚ व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई आज दिउँसो २ बजे देखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ। -रासस