काठमाडौं ल्याइयो आरोही हिलरी नेल्सनको शव
मनास्लु हिमालमा स्की गर्ने क्रममा मृत्यु भएकी प्रख्यात आरोही हिलरी नेल्सनको शव काठमाडौं ल्याइएको छ।
अमेरिकी नागरिक ४९ वर्षीय नेल्सन असोज ११ गते स्की गर्ने क्रममा मनास्लुको चुचुरोबाट ५० मिटर तल खसेकी थिइन्। उनीसँगै स्की गर्न गएका जिम मोरिसन भने सकुशल आधारशिविर फर्किएका थिए।
.jpg)
नेल्सनको खोजीका लागि मंगलबार नै शेर्पा टोली परिचालन गरिएको थियो। आज बिहान उनको शव भेटिएको हो।
मनास्लुबाट उनको शव निकालेर गोरखाको सामागाउँ हुँदै बुधबार अपराह्न काठमाडौं ल्याइएको छ। उनको शव परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
हिलरी नेल्सन।