कृषिविद् थापा काठमाडौं २ मा विवेकशील साझाको उम्मेदवार
विवेकशील साझा पार्टीले काठमाडौं २ बाट कृषिविद् धनेज थापालाई उम्मेदवार बनाउने भएको छ।
शनिबार काठमाडौं २ मा आयोजित कार्यक्रममा विवेकशील साझाले कृषिविद् थापालाई उम्मेदवार घोषणा गरेको हो। काठमाडौं २ का अगुवा, समाजसेवी, पार्टीका नेता, व्यवसायी, प्रतिष्ठित व्यक्तित्व तथा सर्वसाधारणले थापाको उम्मेदवारीलाई अनुमोदन गरेको विवेकशील साझाका प्रवक्ता प्रकाशचन्द्र परियारले जनाएका छन्।
विभिन्न सामाजिक संघसंस्थामा आवद्ध थापाले विद्यावारिधि गरेका छन्। लामो समयदेखि भूमि, कृषि, जलवायु अनुकुलन र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएका उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताका रूपमा समेत सक्रिय छन्।