डेंगीबाट १३ जनाको मृत्यु, १३ हजार नाघे संक्रमित
डेंगीको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १३ हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, शुक्रबारसम्म डेंगीबाट १३ जनाको ज्यान गएको पुष्टि भएको छ। डेंगीको संक्रमण सबैभन्दा बढी बागमती प्रदेशमा देखिएको छ।
अहिलेसम्म ७५ जिल्लामा १३ हजार सात जनालाई डेंगी लागेको पुष्टि भएको छ। जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा नौ हजार ९७१ जना छन्।
त्यस्तै, लुम्बिनीमा एक हजार ५१०, प्रदेश १ मा ४१७ र सुदूरपश्चिममा ४०४ जनामा डेंगी देखिएको छ। यसै गरी, गण्डकीमा २९१, मधेशमा २२६ र कर्णालीमा १८८ जनामा डेंगी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।