ग्लोबल आईएमई ब्यांकको एससीटी डेबिट कार्ड प्रयोगकर्ताले एक हजारसम्म क्यासब्याक पाउने
ग्लोबल आईएमई ब्यांकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताले दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन्।
ब्यांकले स्मार्ट च्वाइस टेक्नोलोजिज् (एससीटी)सँगको सहकार्यमा दशैंका लागि एससीटी डेबिट कार्डको दमदार दशैं धमाका थ्री–डी अफर अन्तर्गत क्यासब्याक योजना ल्याएको हो। यस योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर रहेको ब्यांकले दाबी गरेको छ।
कुनै पनि प्वाइन्ट अफ सेल (पीओएस) टर्मिनलहरूमा भुक्तानी गर्ने एससीटी डेबिट कार्ड वाहकले ३३.३३ प्रतिशत अथवा अधिकतम एक हजारसम्म क्यासब्याक पाउन सक्नेछन्। योजना असोज १ गतेदेखि दशैंभर लागू हुनेछ।
कम्तीमा तीन वटा पीओएस कारोबार गर्ने कार्ड होल्डरलाई ५०० तथा कम्तीमा ६ वटा पीओएस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई एक हजार रुपैयाँ क्यासब्याक प्रदान गरिने ब्यांकले जनाएको हो। क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा ५०० रुपैयाँको हुनुपर्नेछ। यस्तै, दिनको एउटा कारोबार मात्र गणना हुने ब्यांकले जनाएको छ।