एससीटीको दशैं अफर‚ विद्युतीय कारोबारमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक
स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले दमदार दशैं धमाका थ्रीडी अफर सार्वजनिक गरेको छ।
उक्त अफर अन्तर्गत एससीटी-यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरीदमा प्वाइन्ट अफ सेल्स (पोस) मार्फत मार्फत विद्युतीय कारोबार गर्दा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने छन्। हालसम्म पनि एससीटी-यूपीआई डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्ने कुनै पनि ब्यांक तथा वित्तीय संस्थामा गई कार्ड लिई उक्त सुविधा प्राप्त गर्न सक्ने छन्।
साथै‚ एससीटी–यूपीआई डेबिट कार्ड मार्फत एटीएममा क्यास कारोबार गर्दै आएका ग्राहकहररुले पनि यो अफर मार्फत एक हजार २०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। मात्र एक हजार ५०० रुपैयाँ बराबरको पोस कारोबारमा ५०० र तीन हजारको कारोबारमा एक हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने यस अफर मार्फत सबै एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताहरुले ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने छन्। यो अफर असोजभर लागू हुनेछ।