एनसेलको दशैं रिचार्ज बोनस योजना
एनसेल आजियाटाले नजिकिंदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ।
यस योजना अन्तर्गत ग्राहकले हरेक दिन १०० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा अधिकतम ४० रुपैयाँसम्म बोनस ब्यालेन्स पाउने छन्।
भदौ २८ देखि सञ्चालनमा आएको योजना अन्तर्गत एनसेलका ग्राहकले १०० रुपैयाँको रिचार्ज गर्दा एक दिन मान्य रहने १० रुपैयाँ बोनस स्वरुप प्राप्त गर्नेछन्। बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्ने र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइने कम्पनीले जनाएको छ।
यदि ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरी १५० रुपैयाँ रिचार्ज गरे २० रुपैयाँ बोनस स्वरुप प्राप्त गर्ने छन्। प्राप्त बोनस रकम तीन दिनका लागि मान्य हुनेछ। त्यस्तै‚ एक दिनमा एकै पटक वा पटक–पटक गरी २०० रुपैयाँ वा सोभन्दा बढीको रिचार्ज गरे ४० रुपैयाँ बोनस ब्यालेन्स प्राप्त हुनेछ। उक्त बोनस रकम सात दिनका लागि मान्य हुने कम्पनीले जनाएको छ।
योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्छन्। प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन्।