कुपन्डोलमा बहुविशेषज्ञ क्लिनिक सञ्चालन
ललितपुरको कुपन्डोलमा बहुविशेषज्ञ ‘प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिक’ सञ्चालनमा आएको छ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले एक कार्यक्रबीच क्लिनिकको उद्घाटन गरेका छन्। एउटै स्थानमा धेरैभन्दा धेरै विशेषज्ञ चिकित्सकबाट सेवा दिने उद्देश्यले क्लिनिक स्थापना गरिएको जनाइएको छ।
यस क्लिनिकमा निसन्तान दम्पतिका लागि लक्षित गर्दै इनभिट्रो फर्टिलाइजेसन (आइभीएफ), डेन्टल, स्त्री तथा प्रसूति, फिजियोथेरापी, मधुमेह तथा थाइराइड, छाला, नाक, कान, घाँटी, बाल रोग, हाडजोर्नी तथा नसा, प्रयोगशाला लगायतका सेवा उपलब्ध हुने भएका छन्।
विशेषज्ञ चिकित्सकले ओपीडी सेवासँगै आकस्मिक उपचार सेवा पनि दिने क्लिनिका प्रमुख डा. काजन रानभाटले बताए। “क्लिनिक भन्ने वित्तिकै सामान्य उपचार सेवा दिने संस्था भनेर बुझ्ने गरिन्छ, तर हाम्रो बहुविशेषज्ञ क्लिनिकमा विभिन्न विषयमा दक्ष विज्ञ चिकित्सकबाट विशिष्ट सेवा दिनेछौं,” डा. रानाभाटले भने।
आधुनिक प्रविधि र प्रणालीको प्रयोगबाट छिटोछरितो सेवा प्रदान गरिने क्लिनिकका उपप्रमुख आश्रय रन्जितकारले बताएश्र यससँगै ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई सहुलियतमा सेवा प्रदान गरिने उनले बताए। स्थानीय सरकारसँग मिलेर काम गरिने उनको भनाइ छ।