विवेकशील साझाका प्रवक्ताद्वारा राजीनामा
विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले पदबाट राजीनामा दिएका छन्।
पार्टीमा नयाँ अध्यक्ष चयन भएपछि आफूले राजीनामा दिएको पाठकले राजीनामा पत्रमा उल्लेख गरेका छन्। भदौ २ गते बुझाएको राजीनामा पत्रमा उनले भनेका छन्, “प्रवक्ता अध्यक्षसँग निकट समन्वयमा रही पार्टीका निर्णय तथा समसामयिक विषयमा पार्टीको विचार, धारणा प्रवाह गर्ने पद भएको हुँदा पार्टीमा हालै नयाँ नेतृत्व आएको अवस्थामा नयाँ प्रवक्ता चयनका लागि मार्गप्रशस्त गर्न नैतिकताका आधारमा पदबाट राजीनामा दिएको हुँ।”
साउन २९ गते बसेको साझा पार्टीको बैठकले रवीन्द्र मिश्रको राजीनामा स्वीकृत गर्दै समीक्षा बाँस्कोटालाई अध्यक्ष चयन गरेको थियो।