काठमाडौंको फोहोर व्यवस्थापनका लागि चार बुँदे सहमति
काठमाडौंको फोहोर व्यवस्थापनका लागि प्रभावित क्षेत्रका बासिन्दासँग चार बुँदे सहमति भएको छ।
काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी सहितको बैठकले प्रभावित क्षेत्रका जनप्रतिनिधि र बासिन्दाको बैठकले चार वटा निर्णय गरेका छन्। अब प्रभावित क्षेत्रका बासिन्दा र जनप्रतिनिधिले काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध नगर्ने भएका छन्।
सहमति अनुसार, सात दिनभित्र फोहोर बोक्ने सबै सवारी साधनबाट लिचड नचुहिने व्यवस्था गरिने भएको छ। त्यस्तै, धूलो नियन्त्रणका लागि पानी छर्कने, फोहोर व्यवस्थापन हुने स्थानमा नियमित औषधि छर्कने कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सहमति भएको छ।