दार्चुलामा पिकअप भ्यान दुर्घटना, पाँच यात्रुको मृत्यु
दार्चुलामा बुधबार पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा आउँदै गरेको से.१ ज ५५१ नम्बरको पिकअप भ्यान शैल्यशिखर–६ उलानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी निरीक्षक जगत मगरले बताए।
उनका अनुसार, दुर्घटनामा ६ जना घाइते भएका छन्। उनीहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।