राष्ट्रपतिबाट नागरिक विधेयक फिर्ता हुनु अत्यन्त स्वागतयोग्यः एमाले प्रमुख सचेतक
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको निर्णय अत्यन्त स्वागतयोग्य भएको बताएका छन्।
संविधानले राष्ट्रपतिलाई एक पटकसम्म विधेयक फिर्ता पठाउने अधिकार दिएको भट्टराईले बताए। "विवादास्पदद नागरिकता विधेयक पुनर्विचारका लागि सम्मानीय राष्ट्रपतिज्यूबाट फिर्ता पठाउनु अत्यन्त स्वागतयोग्य छ," उनले हिमालखबरसँग भने, "राष्ट्राध्यक्षले नै पुनविचार गर्न भनेपछि यसमा बहुमत-अल्पमत भन्दा माथि उठेर सात वर्षे प्रावधान सहित विधेयक पारित गर्नुपर्दछ।"
आफ्नो पार्टीले प्रतिनिधिसभामा ३३ वटा संशोधन हालेर बैबाहिक अङ्गिकृत नागरिकताको हकमा सात वर्षे प्रावधान राख्न खोज्दा बहुमतको बलमा सत्तारुढ गठबन्धनले इन्कार गर्नु नै गलत भएको भट्टराईको भनाइ छ।
राष्ट्रपति भण्डारीले साउन २९ गते १५ बुँदे सुझाव सहित विधेयक फिर्ता गरे लगत्तै भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।