एनएमबी ब्यांक र आईएफसी बीच सहकार्य
एनएमबी ब्यांक लिमिटेडले विश्व ब्यांक समूहको सदस्य इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) बाट दुई करोड ५० लाख अमेरिकी डलर लगानी भित्र्याएको छ।
एनएमबी ब्यांकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी र आईएफसीको दक्षिण एशिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आई बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
हालको असहज परिवेशमा उक्त कर्जा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन मद्दत पुग्ने ब्यांकले विश्वास लिएको छ। एनएमबी चार वर्षको अवधिमा आईएफसीबाट लगातार तीन पटक कर्जा प्राप्त गर्ने नेपालको एक मात्र ब्यांक भएको छ।