महिला संघको अध्यक्षमा राउत
नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र नियुक्त भएकी छन्।
राउतलाई कांग्रेस सभापति शेरबहादुर देउवाले महिला संघको अध्यक्षमा नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
नेपाली कांग्रेसको विधान, २०१७ मा म्याद समाप्त भई स्वतः विघटन भएको भ्रातृ संघको अध्यक्ष सभापतिले चयन गर्न सकिने व्यवस्था छ।