चुनावी तयारीका लागि ओलीले बोलाए केन्द्रीय कमिटी बैठक
आगामी चुनावको तयारीका लागि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन्।
आगामी भदौ १० र १० गते काठमाडौंमा केन्द्रीय कमिटी बैठक बोलाइएको एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए। उनका अनुसार चुनावी तयारीका विषयमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाइएको हो।
त्यसअघि एमालेले भदौ ९ गते पोलिटब्यूरो बैठक बोलाएको छ। पोलिटब्यूरो बैठकपछि केन्द्रीय कमिटी बैठक बस्ने भएको हो।
त्यस्तै, एमाले स्थायी कमिटी बैठक भदौ ७ गते बस्ने भएको छ। स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी र पोलिटब्यूरो बैठकका अजेन्डा तय गर्ने उनले बताए।