एकै दिन थपिए ६२० सङ्क्रमित, एकको मृत्यु
आज थप ६३० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ भने एक जनाको ज्यान गएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, देशभर पाँच हजार ८५६ स्वाब परीक्षण गर्दा ६२० जनामा कोरोना पुष्टि भएको हो। दुई हजार ६५१ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जनामा र तीन हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा १२४ जनामा कोरोना देखिएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९६७ पुगेको छ।
आज २९७ जना कोरोनाबाट निको भएका छन्। त्यस्तै, सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५६७ पुगेको छ।