आदिवासी जनजाति कर्मचारी संगठित
निजामती सेवामा कार्यरत आदिवासी जनजातिहरू संगठित भएका छन्। काठमाडौंमा सम्पन्न भेलाले नेपाल आदिवासी जनजाति कर्मचारी महासंघ गठन गरेको छ।
भेलाले दिलकुमार लिम्बूको अध्यक्षतामा ३५ सदस्यीय तदर्थ समिति गठन गरेको छ। निजामती सेवाका सबै समूहका कर्मचारी सम्मिलित समितिको वरिष्ठ उपाध्यक्ष सदन राई, उपाध्यक्ष आशिष चौधरी र असलीमाया तामाङ तथा महासचिव जितेन्द्र बलामी रहेका छन्।
त्यसै गरी, समितिको सचिवमा विष्णु चौधरी, यसी शेर्पा, डिलबहादुर तामाङ, रञ्जना मुखिया, पवन घर्तीमगर, रचना बुढाथोकी मगर र चक्रबहादुर घर्तीमगरलाई भेलाले चयन गरेको छ। कोषाध्यक्ष विनुका शेर्पा र सहकोषाध्यक्ष युनिल राई रहेका छन्।
समितिको सदस्यहरूमा सुजित चौधरी, विकास श्रेष्ठ, नवीन्द्र सुनुवार, फूलमाया लिम्बू, हेमराज पुन मगर, अनिल श्रेष्ठ, रमेश सुनुवार, भुवन लिम्बू, जितबहादुर रानामगर, सोनी तामाङ, कविता राई, सन्ध्या सुब्बा, निना राई र धर्मबहादुर थारू सदस्य चयन भएका छन्।
अध्यक्ष लिम्बूले आगामी ६ महीनाभित्र महाधिवेशन सम्पन्न गर्ने बताए। महासंघमा आठभन्दा धेरै जातीय कर्मचारी संगठन आबद्ध छन्।