राप्रपाले भन्यो- संविधानभित्र परिवर्तन अपरिहार्य
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संविधानभित्र परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
तीन दिनसम्म काठमाडौंमा चलेको राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले संविधानभित्र परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालेको हो। बैठकका निर्णयबारे जानकारी दिन प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा संविधानका केही विषयवस्तु परिवर्तन गर्नुपर्ने अवस्था आएको जनाइएको छ।
राप्रपाले भनेको छ, “प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य र देशमा स्थिरता कायम राख्न संविधानभित्र परिवर्तन अपरिहार्य भएको छ।”
यससँगै राप्रपाले शासकीय स्वरूप पनि परिवर्तन गर्नुपर्ने निचोड निकालेको छ। राप्रपाले भनेको छ, “वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन गर्नुपर्ने धरातलीय यथार्थलाई मध्यनजर गर्दै राप्रपाले पूर्ण समानुपातिक संसद् र जनताबाट प्रत्यक्ष निर्वाचित हुने कार्यकारी प्रधानमन्त्रीको अवधारणालाई अघि सारेको छ।”
यससँगै राप्रपाले हिन्दू राष्ट्रको पुनःस्थापनाको माग पनि अघि बढाउने भएको छ। संघीयता खारेज, केन्द्र र बलियो स्थानीय तहको व्यवस्थाका लागि प्रतिबद्ध रहेको राप्रपा केन्द्रीय कार्यसमिति बैठकको निर्णय छ।
राप्रपा केन्द्रीय कार्यसमितिले गरेका निर्णय: