काठमाडौंको फोहोर ढुवानी एक साता बन्द हुने
काठमाडौं महानगरपालिकाले घर, पसल तथा व्यवसायबाट निस्कने फोहोर ७ दिन बाहिर ननिकाल्न अपील गरेको छ।
काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)को अध्यक्षतामा साउन ४ गते बसेको फोहोरमैला व्यवस्थापन समितिको बैठकले बञ्चरेडाँडा पुग्ने सडक निर्माण कार्यमा सघाउ पुर्याउन यस्तो निर्णय गरेको हो। समितिको निर्णय अनुसार, सेनिटरी ल्यान्डफिल साइट जाने सडकबाट फोहोर ढुवानी कार्य सात दिनका लागि रोक्ने निर्णय भएको हो।
सडक अवरोध भएका कारण पूर्ण क्षमतामा ढुवानी हुन नसकेकाले हिजो साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो।