कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव
नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद चित्रलेखा यादव नियुक्त भएकी छन्।
पूर्व उपसभामुख समेत रहेकी यादवलाई कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार प्रमुख सचेतक नियुक्त गरेका हुन्। बालकृष्ण खाँण गृहमन्त्री भएपछि प्रमुख सचेतक पद रिक्त थियो।
त्यस्तै, देउवाले पूर्व मन्त्री मीनबहादुर विश्वकर्मालाई सचेतकमा नियुक्त गरेका छन्। पुष्पा भुसाल उपसभामुखमा निर्वाचित भएपछि कांग्रेसको सचेतक पद रिक्त भएको थियो।
संसद्मा पार्टीको धारणा राख्न, कार्यव्यवस्था परामर्श समितिको बैठकमा भाग लिने लगायत महत्त्वपूर्ण संसदीय गतिविधिमा प्रमुख सचेतक र सचेतकको भूमिका रहने गरेको छ।