सत्ता गठबन्धन कायम राखेर वाम एकताको पहल गर्ने एकीकृत समाजवादीको निर्णय
नेकपा (एकीकृत समाजवादी)ले पाँच दलीय सत्ता गठबन्धन कायम राख्दै वाम एकताका लागि पहल गर्ने निर्णय गरेको छ।
काठमाडौंमा मंगलबार बसेको सचिवालय बैठकको निर्णयबारे जानकारी दिंदै एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने, “वर्तमान पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताका निम्ति पहल गर्ने निर्णय भएको छ।”
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार पर्ने, समाजवाद सम्बन्धी दस्तावेज बनाउने र संगठन सुदृढीकरण अभियान चलाउने निर्णय समेत गरेको भुसालले जानकारी दिए।