प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तालमेल गर्ने सहित यस्ता छन् कांग्रेसका १३ निर्णय
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेशको चुनावमा सत्तारूढ गठबन्धनमा रहेका दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा सोमबार बसेको बैठकले आगामी चुनावमा स्पष्ट बहुमत प्राप्त गर्ने लक्ष्य सहित तालमेल गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए।
केन्द्रीय कार्यसमिति बैठकका निर्णय सुनाउँदै प्रवक्ता महतले भने, “आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकार मार्फत सम्बोधन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ।”