लोसपाले उपसभामुखमा पुष्पा भुसाललाई समर्थन गर्ने
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधि सभाको उपसभामुखमा सत्ता गठबन्धनको उम्मेदवारलाई समर्थन गर्ने भएको छ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेस नेत्री पुष्पा भुसाल गौतमले उम्मेदवारी दिएकी छन्। लोसपा नेत्री चन्दा चौधरीले आफ्नो पार्टीले भुसाललाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिइन्।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बाट विद्या भट्टराईले उम्मेदवारी दिएकी छन्। राप्रपाले भट्टराईलाई समर्थन गर्ने भएको छ। नेपाल मजदूर किसान पार्टीले भने थ्रेसहोल्डको विरोधमा मतदान बहिष्कार गर्ने भएको छ।