बाबुराम भट्टराई कारवाहीमा परेपछि अशोक राई बने संघीय परिषद् अध्यक्ष
जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद अध्यक्षमा अशोक राई चयन भएका छन्।
वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले राईलाई संघीय परिषद् अध्यक्ष चयन गरेको हो। यसअघिका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई कारवाहीमा परेपछि राईले अवसर पाएका हुन्।
पार्टी अनुशासन उल्लंघन गरेको भन्दै जसपाले बाबुराम भट्टराई, हिसिला यमी, महेन्द्र राय यादव, रमेश यादव, प्रशान्त सिंह, दुर्गा सोब, गंगानारायण श्रेष्ठ, भक्तबहादुर शाह र दानबहादुर चौधरीलाई पदमुक्त गरेको हो।