माओवादी केन्द्रीय समिति बैठक स्थगित
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि स्थगन भएको छ।
पदाधिकारी र स्थायी समिति सदस्य चयनको विषयमा सहमति गर्न मंगलबार केन्द्रीय समिति बैठक स्थगन गरिएको थियो। आज दिउँसो १ बजे बोलाइएको बैठक अर्थमन्त्री जनार्दन शर्मामाथिको विवादका कारण स्थगन भएको छ।
अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जनाएका छन्। माओवादी नेतृत्वमा प्रतिनिधि सभाको बैठकमा बस्नुपर्ने भएकाले केन्द्रीय समितिको बैठक सारिएको मल्लले जानकारी दिएका छन्।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई समावेश गरेको भन्दै अर्थमन्त्री शर्माको आलोचना हुँदै आएको छ।