यी हुन् रवि लामिछानेको पार्टीका केन्द्रीय सदस्य
रवि लामिछानेको नेतृत्वमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले २१ सदस्यीय केन्द्रीय समिति बनाएको छ।
निर्वाचन आयोगले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ। यससँगै पार्टीले २१ सदस्यीय केन्द्रीय समितिको सूची सार्वजनिक गरेको छ।
जसमा लामिछाने सभापति छन् भने मुकुल ढकाल प्रवक्ता तोकिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न गोलाकारभित्र घण्टीले मान्यता पाएको छ।