रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता
रवि लामिछानेको नेतृत्वमा खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।
शुक्रबार निर्वाचन आयोगले अध्यक्ष लामिछानेलाई पार्टी दर्ताको प्रमाणपत्र दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता नं. १८७ रहेको छ।
उनले असार ७ गते पार्टीको घोषणा गरेका थिए। तर, नामलाई लिएर विरोध भएको थियो। जसले गर्दा आयोगले दर्ता मान्यता दिन्छ कि दिंदैन भन्ने संशय थियो। लामिछानेले पनि पार्टीको नाम परिवर्तन गर्न सक्ने बताएका थिए।
आयोगले मान्यता दिएसँगै लामिछानेको पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै कायम भएको छ। नयाँ पार्टीको चुनाव चिह्न गोलाकारभित्रको घण्टी रहेको छ।