सिप्रदीको राष्ट्रिय सवारी चालक प्रशिक्षण
सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा राष्ट्रिय सवारी चालक तालीम कार्यक्रम सम्पन्न भएको छ।
तालीममा देशभर रहेका सिप्रदीका सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरबाट टाटा कमर्शियल गाडीका ८९५ जना चालक सहभागी थिए। असार १ देखि ९ सम्म भएको तालीममा बीएसआईभी प्रविधि सम्बन्धी जानकारी दिनुका साथै गाडी चलाउँदा ध्यान दिनुपर्ने कुराहरू जानकारी दिइएको थियो।
यस्तै, गाडीको कार्यक्षमता कसरी बढाउने, गाडीको आयु बढाउन के गर्नुपर्छ तथा के गर्नु हुँदैन, गाडी सञ्चालन खर्च कम गर्ने उपाय लगायत जानकारी दिइएको सिप्रदीले जनाएको छ।