पत्रकार दीक्षितलाई साहसी पत्रकारिता सम्मान
अमेरिकाको इस्ट वेस्ट सेन्टर (ईडब्लूसी)ले दिने ‘ईडब्लूसी मिडिया अवार्ड’ पत्रकार कुन्द दीक्षितलाई प्रदान गरिएको छ।
ईडब्लूसीले हरेक वर्ष संसारभरका पत्रकारलाई ‘साहस र प्रभाव’ मिडिया सम्मान प्रदान गर्दै आएको छ। यस वर्ष पनि पत्रकार दीक्षितसँगै विभिन्न देशका पत्रकारलाई यो अवार्ड प्रदान गरिएको हो।
दीक्षित काठमाडौंबाट प्रकाशित हुने अङ्ग्रेजी साप्ताहिक नेपाली टाइम्सका प्रकाशक हुन्। सम्मान ग्रहण गर्दै पत्रकार दीक्षितले भने, “संसारमा नयाँ शीतयुद्ध भएसँगै प्रेस स्वतन्त्रताको प्रतिरक्षा गर्नु अझ चुनौतीपूर्ण भएको छ।”
समुदायबीचको सद्भाव बढाउन विचारहरूको आदानप्रदान, दक्षताको विकास र नीति निर्माणलाई सघाउने उद्देश्य लिएको ६२ वर्षअघि स्थापित सेन्टरले सार्वजनिक सरोकारका विषयमा संवाद अघि बढाउने काम गर्दै आएको छ।