कांग्रेस प्रशिक्षण प्रमुखमा खड्का
पूर्णबहादुर खड्का कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख नियुक्त भएका छन्।
पार्टी सभापति शेरबहादुर देउवाले खड्कालाई शुक्रबार प्रतिष्ठानको प्रमुखमा नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। खड्का पार्टी उपसभापति हुन्।
यस्तै, कांग्रेस भ्रातृ संगठन नेपाल किसान संघको अध्यक्ष पदमा गणेश तिमिल्सिना र नेपाल आदिवासी जनजाति संघको अध्यक्ष पदमा ओमबहादुर थापा घर्ती मगर नियुक्त भएका छन्।