एन्फा निर्वाचन मतगणनाः अध्यक्षमा शेर्पा र नेम्वाङबीच कडा प्रतिस्पर्धा
अखिल नेपाल फूटबल संघ (एन्फा) अध्यक्षमा कर्मा छिरिङ शेर्पा र पंकज नेम्वाङबीच कडा प्रतिस्पर्धा देखिएको छ।
७० मत गणना हुँदा दुवैले समान ३५-३५ मत पाएका छन्। अध्यक्षका अर्का प्रत्याशी राजीव पौडेलले भने खाता खोल्न सकेका छैनन्।
नयाँ नेतृत्व चयनका लागि असार ६ गते मतदान भएको हो।