एक नम्बर पार्टी एमाले नै होः अध्यक्ष ओली
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनपछि पनि लोकप्रिय मतका आधारमा आफ्नो पार्टी नै मुलुकको पहिलो पार्टी भएको बताएका छन्।
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा बोल्दै ओलीले भने, “स्थानीय चुनावमा केही सीट कम जिते पनि लोकप्रिय मतका आधारमा पहिलो पार्टी नेकपा एमाले नै हो।”
सत्ता गठबन्धनलाई चुनाव जिताउन राज्यको साधनस्रोतको व्यापक दुरुपयोग भएको ओलीले बैठकमा दाबी गरे। गठबन्धन सरकारले पञ्चायतकालमा भन्दा बढी धाँधली गरेको उनको भनाइ छ।
निर्वाचन आयोगका अनुसार, नेपाली कांग्रेसले ३२७, एमालेले २०५, माओवादी केन्द्रले १२१ र जनता समाजवादी पार्टीले ३३ वटा पालिका प्रमुखमा जित हासिल गरेक छन्।