राहदानी विभाग आइतबार पनि खुल्ने
राहदानी विभागले आइतबार पनि सेवा प्रदान गर्ने भएको छ। विद्युतीय राहदानी लिने सेवाग्राहीको चाप बढिरहेकाले सार्वजनिक बिदाको दिन समेत सेवा प्रदान गर्ने निर्णय गरेको विभागले जनाएको छ।
विभागले जेठ १५ गतेदेखि अर्को व्यवस्था नभएसम्म आइतबार बिहान १० देखि अपराह्न ४ बजेसम्म विभाग खुला रहने जनाएको छ। राहदानीका लागि आवेदन दिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्ने सेवाग्राहीलाई उक्त समयमा विभागले राहदानी सम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ।