एभरेष्ट ब्यांकका ग्राहक र कर्मचारीलाई सहारा फिजियोथेरापी अस्पतालमा छूट
एभरेष्ट ब्यांकका ग्राहक र कर्मचारीलाई काठमाडौंको महाराजगञ्जस्थित सहारा फिजियोथेरापी अस्पतालले उपचारमा छूट हुने भएको छ।
एभरेष्ट ब्यांक र सहारा फिजियोथेरापी अस्पतालबीच उपचारमा छूट दिने सम्झौता भएको छ। सम्झौता अनुसार‚ ब्यांकका कार्डवाहक, मोबाइल ब्यांकिङ प्रयोगकर्ता र ब्यांकका कर्मचारीहरूलाई विभिन्न सेवामा १० देखि १५ प्रतिशतसम्म छूट हुनेछ।
सम्झौतामा ब्यांकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हरिकुमार लम्सालले हस्ताक्षर गरेका छन्।