केएसी र ईएललाई दर्नाल पुरस्कार
यस वर्षको ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’ (डिएएसजे) कर्णाली आर्टस् सेन्टर (केएसी) र अमेरिकामा रहेको दलित नागरिक अधिकारवादी संस्था इक्वेलिटी लायब्स (ईएल) लाई प्रदान गरिने भएको छ।
दुई संस्थालाई जनही दुई लाख ५० हजार रुपैयाँ दिइने सामाजिक न्यायका लागि दर्नाल पुरस्कारले जनाएको छ। पुरस्कार जेठ १५ गते काठमाडौंमा एक कार्यक्रम आयोजना गरी दिइनेछ।
यस्तै, सामाजिक न्यायको क्षेत्रमा क्रियाशील लेखक तथा पत्रकार ध्रुवसत्य परियार र मानव बेचबिखन विरोधी अभियन्ता करुणा त्रिखत्रीलाई सम्मान गरिने जनाइएको छ।