सात केन्द्रमा मतदान सम्पन्न
वैशाख ३० गते स्थगन भएका ८५ मध्ये सात वटा केन्द्रमा मतदान सम्पन्न भएको छ।
निर्वाचन आयोगका अनुसार, आइतबार सात केन्द्रमा मतदान सम्पन्न भएको हो। मतदान भएका केन्द्रहरूमा जुम्लाको गुठीचौर गाउँपालिका–३ को शङ्कर मावि, गज्रयाङ्कोट मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिकाका–२, जनता मावि, हरिहरा मतदान स्थलका दुई मतदान केन्द्र, कालीकोटको रास्कोट गाउँपालिका–४ को रमालमष्टो मावि, स्युनाको एक मतदान केन्द्र, कालीकोटकै पचालभरना गाउँपालिका–३ को जनता मावि, खार्दुप मतदान केन्द्र, बझाङको जयपृथ्वी नगरपालिका सुनी–७ को सुनीपीपल चौर माविका दुई मतदान केन्द्र छन्।