वीरगञ्जमा गठबन्धनका सिंहको अग्रता
वीरगञ्ज महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले दुई हजार २८२ मत सहित अग्रता कायम गरेका छन्।
मेयरमा नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीले ९१६ मत ल्याएका छन्। वडा नं १, २, ३१ र ३२ को मतगणना जारी छ।
वीरगञ्जमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले चुनावी तालमेल गरेका छन्।