ब्यांक तथा वित्तीय संस्था पनि सातामा दुई दिन बिदा हुने
देशका ब्यांक तथा वित्तीय संस्था पनि साताको दुई दिन शनिबार र आइतबार बन्द हुने भएका छन्।
नेपाल राष्ट्र ब्यांकले बुधबार सूचना निकालेर सम्पूर्ण ब्यांक तथा वित्तीय संस्था १ जेठदेखि लागू हुने गरी शनिबार र आइतबार बन्द हुने जनाएको हो।
सरकारले साताको दुई दिन सार्वजनिक विदाको निर्णय गरेपछि त्यसको प्रभाव निजी ब्यांक तथा वित्तीय संस्थामा पनि परेको हो।
राष्ट्र ब्यांकका अनुसार, सोमबारदेखि शुक्रबारसम्म ब्यांक तथा वित्तीय संस्थाको कार्यालय समय बिहान ९ः३० देखि साँझ ५ः३० सम्म तोकिएको छ। तर, १६ कात्तिकदेखि १५ माघसम्म कार्यालय समय बिहान ९ः३० देखि साँझ ४ः३० सम्म हुनेछ।
दशैं-तिहार बाहेक लगातार दुई दिनभन्दा बढी बिदा भएमा भने ब्यांक तथा वित्तीय संस्था आफैंले तेस्रो दिनदेखि अत्यावश्यक ब्यांकिङ सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र ब्यांकले निर्देशन दिएको छ।