ताप्लेजुङ सदरमुकाममा आगलागी
ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ।
कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट आगलागी शुरू भएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाका अनुसार बिहान ८ बजे शुरू भएको आगलागी अझै नियन्त्रणमा आएको छैन।
आगलागीबाट एक घर जलेको छ। अन्य केही घरमा क्षति पुगेको छ। जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका छन्।
आगो नियन्त्रणका लागि स्थानीय बासिन्दा र सुरक्षाकर्मी खटिएका छन्। आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको छ।
फुङलिङ बजार प्रायः वर्षेनी आगलागीको चपेटामा पर्दै आएको छ।