कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, कार्य सम्पादन समिति गठन हुने
नेपाली कांग्रेसले शुक्रबार दिउँसो केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन्। भर्चुअल माध्यमबाट केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ।
कार्य सम्पादन समिति गठन गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको महामन्त्री गगन थापाले बताए। “कार्य सम्पादन समिति गठन गर्ने बैठकको अजेन्डा छ,” महामन्त्री थापाले भने।
कांग्रेस विधानमा ४५ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति बनाउने व्यवस्था छ। जसमा पदाधिकारी पदेन सदस्य हुन्छन्। बाँकी सदस्य सभापतिले चयन गर्ने व्यवस्था छ।
कार्य सम्पादन समिति गठनका विषयमा केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्नुपर्छ। त्यसैका लागि शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो।